+
Search

ताजा अपडेट +

पपुलर +

व्यापारीको स्वार्थमा बढाइयो पानीको मूल्य, कति बढ्याे?

4KNationalDaily
२०७७ श्रावण २७, मंगलवार १०:२८ बजे

काठमाडौं- सरकारले व्यापारीको स्वार्थ अनुसार मिलेमतोमा पिउने पानीको मूल्य बढाएको छ। बजारमा २५ देखि ३५ रुपैयाँमा बिक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैयाँ पुर्याईएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पोस्ने गरी ‘सेटिङ’मा एक जारमै १५ देखि २० रुपैयाँ बढाएर मूल्य तोकेको खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

सरकारी निकायले नै मूल्य बढाएपछि व्यापारीलाई एक जार पानी ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ। बढेको पानीको मूल्य भदौ १० गतेदेखि लागू हुने गरी कायम गरिएको छ।

प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेको अवस्थामा सरकारी निकायले नै मूल्य बढाई दिएपछि बजारमा कार्टेलिङ हुने सम्भावना बढेको छ। त्यसैगरी, बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ तोकेको छ।

उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि खेलाँची गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताए।

‘प्रतिस्पर्धी बजारमा पानीको मूल्य घट्ने अनुमान गरेका थियौं,’ उन ले भने, ‘सरकारले नै उपभोक्तालाई धोका दिएर मूल्य बढायो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily