+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा नेविसंघकाे मसाल जुलुस, जुलुश माथि प्रहरीकाे हस्तक्षेप

4KNationalDaily
२०७५ माघ २१, सोमबार १९:१६ बजे

गाेरखा- सरकारकाे विराेधमा उत्रिएकाे नेपाल बिद्यार्थी संघ गाेरखाले साेमबार साँझ मसाल जुलुस निकालेकाे छ । गाेरखा बसपार्क देखि हरमटारीसम्म निकालेकाे जुलुसमा सरकारकाे चर्काे अलाेचना गरेकाे छ ।

संघले निकालेको राके जुलुशलाई प्रहरीले हस्तक्षेप गरेकाेछ । हरमटारी चाेकआई पुगे पछि प्ररीहले हस्तक्षेत गरेकाे संघले जनाएकाे छ । प्रहरीले हस्तक्षेप गरेपछि केही बेरको तनाव पछि बिद्यार्थीहरुले सोही स्थानमा कोण सभा गरेर प्रहरीको ज्यादतीको बिरोध गरेका थिए ।

हरमटारिमा भएकाे काेण सभामा बाेल्ने नेताहरूले सरकारकाे काम कार्वाही लगायतका अन्य बिषयमा सरकारकाे अलाेचना गरे ।

वाइडबडी जहाजको भ्रष्टाचार प्रकरण, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत विषयमा सरकारले जनतालाई स्पस्ट पार्नुपर्ने, पाेलपाेलमा सरकार, टाेल टाेलमा बालात्कार लगाएतका नारा लगाएका थिए।

सभालाई संघका निर्वतमान अध्यक्ष काजी गुरूङ, जिल्ला अध्यक्ष सुवास अधिकारीले सम्बाेधन गरेकाे संघले जनाएकाे छ । कांग्रेसले जिल्लामा साेमबार दिउसाे शक्ति प्रर्दशन गरेकाे थियाे ।

भिडियाे

https://www.facebook.com/anjan.khatri39/videos/2335654156466574/

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily