+
Search

ताजा अपडेट +

पपुलर +

प्रत्येक घण्टा १४ संक्रमित थपिँदै, अब कोरोनाबाट कसरी जोगिने?

4KNationalDaily
२०७७ श्रावण २९, बिहीबार ०८:४१ बजे

काठमाडौं- नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन्।

पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएकाे खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ।

यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबार मात्रै १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो केही दिनयता कोरोना परीक्षण दर बढेको छ । गत बिहीबार ६ हजार ६ सय २२, शुक्रबार ७ हजार ९ सय २६, शनिबार ७ हजार ७ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो।

यस्तै, गत आइतबार ८ हजार ५ सय १५, सोमबार ८ हजार ४ सय ३२, मंगलबार १० हजार ४ सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियो।

यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ४ सय ५४ पुगेको छ । काठमाडौंमा १ हजार १ सय ६९, ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ५ संक्रमित पुष्टि भएका छन्।

संक्रमणबाट कसरी जोगिने?

मास्कको उचित प्रयोग गर्ने

भौतिक दुरी (कम्तीमा दुई मिटर) कायम गर्ने

सकभर घरबाहिर ननिस्कने

साबुनपानीले नियमित हात धुने

कुनै वस्तु छोएमा सेनिटाइजर प्रयोग गर्ने

हातले नाक, मुख, आँखा वा शरीरका अंग नछुने

संक्रमणको कुनै लक्षण देखिएको महसुस भए होम आइसोलेसनमा बस्ने र नजिकैको अस्पताल जाने

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily