+
Search

ताजा अपडेट +

पपुलर +

भदौ १ देखि ७ गतेसम्म ‘गोरखा सटडाउन’

4KNationalDaily
२०७७ श्रावण ३२, आईतवार १८:१९ बजे

गोरखा– भदौ १ गतेदेखि ७ गतेसम्म ‘गोरखा सटडाउन’ हुने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा भदौ १ गतेदेखि ७ गतेसम्मका लागि बन्द गर्ने निणर्य गरेको हाे ।

एक हप्ताका लागि जिल्ला सटडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योग कलकारखाना, व्यपार व्यवशाय पूर्ण रुपमा बन्द रहनेछन् । खाद्यान्न, औषधी पसल सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपाए अपनाएर खोल्न पाईने उनले बताए ।

जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले एक निर्णय जारी गर्दै भदौ १ गतेदेखि ७ गतेसम्म सटडाउन गर्ने निर्णय गरेका हुन् ।

सटडाउनको प्रभावकारी कार्यान्वयनका लागि सदरमुकाम लगायत प्रभावित क्षेत्रहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन गर्ने निर्णय भएकाे छ ।

त्यस्तै पछिल्लो समय कोरोना रोकथामका लागि अग्रमोर्चा रहेका सुरक्षाकर्मीलाई संक्रमण भए उनिहरुलाई गोरखा क्याम्पसको आइसोलेसनमा राखेर उपचारको व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

निणर्य

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily