+
Search

ताजा अपडेट +

पपुलर +

दीपिका पादूकोणमाथि डिप्रेसनको नाममा धन्दा चलाउने गरेको आरोप

4KNationalDaily
२०७७ भाद्र ४, बिहीबार १६:५९ बजे

काठमाडौं- सुशान्तसिंह राजपूतको आत्महत्या घटनाको छानविनको अधिकार सीबीआईले पाएको छ। सर्वोच्च अदालतको आदेशमा छानविनको अधिकार पटना र मुम्बई प्रहरीबाट खोसेर सीबीआईलाई दिइएको हो।

अदालतको आदेशपछि बलिउडकर्मी विवादमा उत्रिएका छन्। चर्चित सेलिब्रेटीमाथि नातावाद, गुटबन्दीको आरोप लगाउँदै आएकी कंगना रनौतले फेरि अर्को हमला गरेकी छिन्।

कंगनाले अभिनेत्री दीपिका पादुकोणलाई डिप्रेसनको धन्दा चलाउने गरेको आरोप लगाइन्। उनले दीपिका लक्षित गरेर डिप्रेसनको धन्दा चलाउनेहरूलाई जनताले उनीहरूको औकात देखाएको बताइन्।

दीपिकाले २००८ मा प्रेममा धोका पाएको बताउँदैं आएकी थिइन्। जसका कारण सन् २०१५ मा उनी डिप्रेसनको शिकार बनेको बताएकी थिइन्। डिप्रेसनको शिकार बनेको बताउँदै आएकी दीपिकामाथि कंगनाले डिप्रेसनको धन्दा चलाउने गरेको आरोप लगाएकी हुन्।

२००८ मा धोका पाएपछि सन् २०१५ मा डिप्रेसन कसरी भयो भन्दै उनले आपत्ति जनाइन्। ८ वर्षसम्म उनले डिप्रेसनको नाममा आफ्नो व्यवसाय चलाएको कंगनाको आरोप छ।

उनले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि पनि महंगो वकील राखेको आरोप लगाइन्। उनले आमिर खान, अनुष्का शर्मा तथा आदित्य चोपडामाथि पनि विभिन्न आरोप लगाउँदैं आएकी छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily