+
Search

ताजा अपडेट +

पपुलर +

युट्युब ट्रेन्डिङमा ‘आलु जस्तो गायक’, दुर्गेश भन्छन्-रहरले गायनतिर लागेँ

4KNationalDaily
२०७७ भाद्र ७, आईतवार ०७:३२ बजे

काठमाडाैं- युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ ।

गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द(सङ्गीत दिएका छन्। भिडियो निर्देशन शिव विकले गरेका हुन् । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय-नृत्य छ ।

‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ । केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए ।

सङ्गीत प्रशिक्षण, साधानाले भन्दापनि आफू रहरले गायक भएको थापाले बताए ।

‘मेरो मुख्य क्षेत्र मोडलिङ हो, म रहरले गायनतिर लागेँ’, थापाले भने, ‘कुनै औपचारिक ज्ञान भन्दा पनि मैले हाम्रै हावापानी, पाखा, पखेराबाट सङ्गीतमा लाग्ने प्रेरणा पाएँ ।’ दर्शक, स्रोताकै माया र सद्भावले आफू गायकका रुपमा चिनिएको थापाको भनाइ छ ।

थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ ।

बागलुङको गलकोटमा जन्मनुभएका गायक थापाका दर्जनौँ गीत सार्वजनिक भएका छन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily