+
Search

ताजा अपडेट +

पपुलर +

शशांक कोइराला भन्छन्ः कांग्रेसमा देउवालाई पराजित गर्न सक्ने म मात्रै

4KNationalDaily
२०७७ भाद्र ८, सोमबार १६:४६ बजे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गरेका छन्।

१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित गर्नसक्ने दावी गरेका हुन् ।

पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहने भन्दै  महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गरे।

‘मैले धेरैसँग परामर्श गर्दै छु। उनीहरु तपाईं नै उठ्नुपर्‍यो भन्नुहुन्छ। तर मैले धेरै साथीहरुका दाबी छ भन्छु। रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ। प्रकाशमान छन्। धेरे छन्। सबै उठेर त भएन नि। हाम्रो लक्ष्य के हुनुपर्‍यो, हामी सबै मिलेर एकजना उठ्नुपर्‍यो। त्यसका लागि आपसमा वार्ता हुनुपर्‍यो। वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ। व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाइले पनि सक्नुहुन्न। अरु जो पनि कसैले पनि सक्दैन। यो ग्यारेण्टीका साथ भन्न चाहान्छु, म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन‘, उनले भने।

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै कोइरालाले असन्तुष्टि जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily