+
Search

ताजा अपडेट +

पपुलर +

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

4KNationalDaily
२०७७ भाद्र १८, बिहीबार १८:०० बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एक सिट रिक्त रहेको राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि साँझ पौने ६ बजेसम्म बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीभित्र अर्थमन्‍त्री युवराज खतिवडाको निरन्तरता वा गौतमको नाम सिफारिस गर्ने भन्ने विषयमा चर्को बहस भएको थियो ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष गौतम को हुने भन्ने बारेमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको थिएन । बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले गौतमको नाम सिफारिस गर्ने प्रस्ताव बैठकमा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily