काठमाडाैं- केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद चलिरहेको छ । भूवनले अदालतमा मुद्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् ।
भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा रहेकाले अहिले दुबै चुप छन् । उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ छ।
आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भनेकी छन्।
‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,’ उनले भिडियाेमा भनेकी छन्, ‘यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नियन्त्रणमा लिएको हुन्छ। यस्तो बेला म भर्खर चलचित्रमा आएको मान्छेले यो कुरा बाहिर ल्याउँदा मेरो लागि ढोका बन्द हुन्छ भनेर सम्झाउँथे।’
आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको हर्कत गरेको उनको भनाइ छ। साम्राज्ञीले काम गरेको प्राय: ब्यानरमा उनी दोहोरिएकी छैनन्। यसो हुनुमा फिल्म क्षेत्रका केही सहकर्मीले गर्ने व्यवहारलाई उनी कारण बताउँछिन्।
उनै, साम्राज्ञीले सामाजिक संजालमा कालो पहिरनमा केही तस्वीहरु पोष्ट गरिन् । जसमा उनी विन्दास देखिएकी छिन् ।
प्रतिक्रिया