+
Search

ताजा अपडेट +

पपुलर +

युवराज खतिवडा बिदा भए, तर शेयर बजार किन बढेन?

4KNationalDaily
२०७७ भाद्र २२, सोमबार ०६:५१ बजे

काठमाडौं- आइतबार सेयरको प्रभातकालीन कारोबार (प्रि ओपन सेसन) मा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो।

नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो क्षति पुगेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विनय बञ्जाराले लेखेका छन्।

अर्थमन्त्री डा.युवराज खतिवडाले गत शुक्रबार राजीनामा दिएपछि सामाजिक सञ्जालमा सेयर बजारले ‘नयाँ ऐतिहासिक उचाइ चुम्ने’ हल्ला पिटिएको थियो।

कार्यकालको सुरुदेखि नै ‘सेयर बजार विरोधी’को आरोप खेपिरहेका खतिवडाको बहिर्गमनपछिको सेयर बजारलाई धेरैले चासोसाथ प्रतीक्षा गरेका थिए। तर, अधिकांशको अनुमानविपरीत बजार ओरालो लागेपछि धेरैलाई यो घटनाले बिलखबन्दमा पार्‍यो।

प्रातः कालीन बजारमा जुर्मुराएका लगानीकर्ताको आशा १५ मिनेट पनि टिकेन। उल्टै ठूला लगानीकर्ताले नियमित कारोबार सञ्चालनपूर्व हुने यस्तो खरिदबिक्रीको लाभ हानिबारे बहस गर्नुपर्ने बताउन थाले।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily