+
Search

ताजा अपडेट +

पपुलर +

अारुबोटमा अाफ्नाे गाउँ अाफै बनाउ अभियान, ५० लाखकाे लागतमा बन्याे सामुदायिक भवन

4KNationalDaily
२०७५ माघ २८, सोमबार २२:१६ बजे

गाेरखा-  स्थानिय युवाहरूकाे पहलमा जिल्लाकाे सिरानचाेक गाउपालिका-७, श्रीनाथकाेटकाे अारूबाेटमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण भएकाे छ । बैदेशिक राेजगारीकाे शिलशिलामा देश तथा बिदेशमा रहेका युवाहरूकाे सहयाेगमा अारूबाेटमा सामुदायिक भवन निर्माण भएकाे हाे ।

स्थानिय युवाहरूले ‘अाफ्नाे गाउ अाफै बनाउ’ भन्ने मुल मन्त्रका साथ याे अभियान सञ्चालन गरेकाे स्थानिय ज्ञानराज गुरूङले बताए । उनका अनुसार ५० लाख लागतमा निर्माण भएकाे याे भवनमा करिव ४ सय जना अटाउन सक्ने स्टेज सहित भवन निर्माण भएकाे हाे ।

त्ससका साथै भवन भित्र बाल क्लब र समुदायको छुट्टै अफिस कोठा, किचन रुम, राइस मिल, स्टोर रुम रहेकाे छ । चन्दा काठमाडाैं, पोखरा, चितवन र गोरखामा रहेका अारूबाेट बासी र स्थानिय स्तरमा रहेका प्रत्येक घरबाट चन्दा संकलन गरिएकाे थियाे ।

चन्दा संकलन पश्चात स्थानियहरूकाे १५ दिन श्रमदानबाट क्होला अारुबोट सामुदायिक भवन निर्माण भएकाे गुरूङले बताए । स्थानियबाट करिव ५० लाख चन्दा संकलन भएकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily