काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले निरंकुशतन्त्रभन्दा लोकतन्त्र नै उत्तम हुने स्मरण गराएका छन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ, लोकतन्त्रमा। निरंकुश तानाशाहीतन्त्र छलफलको ‘झञ्झट’बाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ। तर लोकतन्त्र नै उत्तम हुन्छ, निरंकुशतन्त्र होइन।
उनले लोकतान्त्रिक पद्धति अन्तर्गत कार्य गर्दा केही प्रक्रियागत ढिलाई हुन सक्ने बताएक छन्। आफ्नो स्टाटसमा लेखिएका विषयको कुनै सन्दर्भ भने श्रेष्ठले खुलाएका छैनन्। उनले आलोचनात्मक चेत भएकाहरुको भर पर्न पनि आग्रह गरेका छन्।
‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठीक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्, जबकि निहित स्वार्थ केन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाउँछन् र डुबाउछन्। त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन’, उनको आग्रह छ।
https://www.facebook.com/narayankaji.shrestha.33/posts/2715689362021935
प्रतिक्रिया