+
Search

ताजा अपडेट +

पपुलर +

‘न्यायोचित रुपमा राहत वितरण’ नगरिएको भन्दै नेकपा पालुङटारले बुझायाे ज्ञापन पत्र

4KNationalDaily
२०७७ भाद्र २२, सोमबार १६:४७ बजे

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले पालुङटार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ।

नगर कमिटीका अध्यक्ष अजय देवकोटाले नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई कोरोना भाइरसको कारणले उत्पन्न पछिल्लो परिस्थितीको बारेमा स्थानीय सरकारले सम्पदान गरेका कार्यहरुप्रति सुझाब सहित ज्ञापनपत्र बुझाएको हो।

नगरपालिकाले कोबिड-१९ को मारमा परेकाहरुलाई न्यायोचित रुपमा राहत वितरण नगरिएको आरोप लगाउदै १० बुँदे ज्ञापनपत्र बुझाइएको हाे ।

नेकपाले बुझाएको ज्ञापनपत्रमा कोभिड संक्रमण नियन्त्रणको लागि स्थापना भएका करेनटाइनहरु व्यबस्थित नभएको, आपपिपल अस्पतालमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्र सिमित भएको, नमुना परिक्षणमा ध्यान नदिएको, जनतालाई कोरोना बारे सु-सुचित हुने कार्यक्रमहरु नगरिएको उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily