+
Search

ताजा अपडेट +

पपुलर +

लामो दुरीको यातायात असोज १ बाटै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो

4KNationalDaily
२०७७ भाद्र ३०, मंगलवार १८:२४ बजे

काठमाडौं- सरकारले असोज १ गतेबाट नै आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।

तर यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने समेत उनले जानकारी दिए। साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सकिनेछ ।

सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो।

मन्त्री ज्ञवाली सरकारका प्रवक्ताका रूपमा आयोजना भएको मंगलबार पहिलोपटक हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily