+
Search

ताजा अपडेट +

पपुलर +

एक दिनमै प्रतिकेजी ४४ रुपैयाँले बढ्यो प्याजको मूल्य, ११९ रुपैयाँमा भयाे काराेवार

4KNationalDaily
२०७७ भाद्र ३१, बुधबार ०८:३७ बजे

काठमाडौं–कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमै ४४ रुपैयाँ बढेको छ। मंगलबार थोक बजारमा प्रतिकेजी ७५ रुपैयाँमा कारोबार भएको प्याजको मूल्य बुधबार प्रतिकेजी ४४ रुपैयाँले बढेर ११९ रुपैयाँ भएको हो।

यसअघि सोमबार औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी १५ रुपैयाँले बढेर ७५ रुपैयाँ भएको थियो।

केहीदिनदेखि निरन्तर रुपमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको प्याजको मूल्य मंगलबार र बुधबार एक्कासी बढेको हो।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा पनि देखिएको हो। नेपाली बजारमा खपत हुने अधिकांश प्याज भारतबाट आउछ।

गत वर्ष कात्तिकमा पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily