काठमाडौं- हरेक वर्ष डिभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन्। तर एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन जान्छ भन्ने कथा बोकेको लघुचलचित्र रगत सार्वजनिक भएको छ।
सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले गरेको लघु चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको छ। रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ।
रबि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अन्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको यो लघु चलचित्रलाई संकल भुजेलले खिचेका हुन्। कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ। विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन्।
भिडियाे
प्रतिक्रिया