गाेरखा- लुइटेल भञ्ज्याङ-नयाँगाऊँ-भच्चेक सडकखण्ड अन्तर्गतकाे नयाँगाऊँ-भच्चेकसडकखण्ड अलपत्र परेकाे छ । १० दशमलव ८६ किलोमिटर सडकमध्ये नयाँगाऊँ-भच्चेकतर्फको करिब ८ किलाेमिटर सडक अलपत्र परेकाे हाे ।
एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा भूकम्पपछिको पुननिर्माण परियोजनाको सहयाेगमा उक्त सडक कालोपत्रे हुन लागेको हो । कलोपत्रेको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ ।
लुईटेल भञ्ज्याङबाट नयाँगाऊँसम्मको सडक भने यसअघिनै कालोपत्रे भैसकेको छ । यहि सडकखण्डकाे ठाँउ ठाँउमा पहिराे गएकाे छ ।
भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत करीव ३० किलोमिटर सडकको स्तरोन्तीको काम अघिल्लाे वर्षअघि सकिएको हो । तर, यहि सडकखण्डकाे चित्रेपाेखरी-चिलाउने-थालाजुङ्ग खण्डकाे करिव १ किलाेमिटर पिच हुन बाँकि छ ।
यस सडक लुईटेल भञ्ज्याङबाट नयाँगाउँ, भच्चेक, नम्कि हुदैँ सिरानडाडाँसम्म पिच भएकाे छ । त्यस्तै, सिरानडाडाँबाट पिच हुदैँ भच्चेकबजारकाे केहि भाग पिच भएकाे छ । ठाँउ-ठाँउमा पिच हुदैँ छाेड्दै अाएकाे कन्स्ट्रक्सनले केहि समयमा नै काम सम्ने दावी गरेकाे छ ।
लकडाउनका कारण कामदार पाउन नसकेकाे भन्दै कन्स्ट्रक्सनले अब सहज भइसकेकाे भन्दै कामदार ल्याएर सडक पिच गर्ने बताएकाे छ । आपतकालीन सहायता आयोजनाकाे करिब ९ कराेडमा याे सडकखण्ड पिच हुन लागेकाे हाे ।
प्रतिक्रिया