काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मकवानपुरको मकवानपुरगढीलगायत आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र थप वर्षा हुने भएकाले मकवानपुरगढी,हेटौंडा र आसपासका नदीतटीय क्षेत्रमा बिहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ।
ती क्षेत्रका नदीमा सतर्कता तहको बाढी आउन सक्ने पनि विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्य बदली रहि प्रदेश ५, गन्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
असोज २ बिहान ५:०० बजे#Alert
हाल मकवानपुर जिल्लाको #मकवानपुरगढी लगायत आसपासका क्षेत्रमा #भारीबर्षा र थप बर्षा हुने संभावना #मकवानपुरगढी, #हेटौडा र आसपासको साना नदी तटीय क्षेत्रमा सतर्कता तह आसपासको बाढी आउन सक्ने, बिहान १० बजे सम्मै सतर्क रहौ ।
जल तथा मौसम विज्ञान विभाग— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 18, 2020
प्रतिक्रिया