+
Search

ताजा अपडेट +

पपुलर +

आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुन्छ : मन्त्री ज्ञवाली

4KNationalDaily
२०७७ आश्विन २, शुक्रबार १७:१५ बजे

बुटवल– सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

शुक्रबार बुटवलमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताएका हुन् ।

पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुने बताए ।

पार्टीभित्रको विवादले झण्डै फुटको अवस्थामा पुगेको पार्टी अहिले पुरानै एकताको अवस्थामा पुगेको उनले दाबी गरे । ‘अझै पनि अन्तरविरोधहरु छन्, तर तिनलाई महाधिवेशनबाट समाधान गर्नेगरी पार्टी अहिले एक भएको छ’ उनले भने ।

मन्त्री ज्ञवालीले भारतसंग कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने बताए । भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै उनले राष्ट्रियताको पक्षमा नेपाल उभिँदा सम्बन्धमा केही समस्या आउने गरेको दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily