काठमाडौं- भारतको जयनगरबाट ओहोरदोहोर गर्ने गरी नयाँ रेल जनकपुर आइपुगेको छ । १० वर्षअघि भएको सम्झौताअनुसार भारत सरकारले अनुदानमा रेलगमार्ग बनाइदिएको छ भने रेलगाडी नेपाल सरकार आफैँले किनेको हो ।
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको क्रममा सन् २०१० मा माधव नेपाल नेतृत्वको तत्कालीन नेपाल सरकार र मनमोहन सिंह नेतृत्वको भारत सरकारबीच पाँच नाकामा अन्तरदेशीय रेलमार्ग बनाउने समझदारी भएको थियो ।
जयनगर–जनकपुर–बर्दिबास, जोगबनी–विराटनगर, नौतनवा–भैरहवा, नेपालगन्ज रोड–नेपालगन्ज, न्यु जलपाइगुडी–काँकडभिट्टा रेल निर्माणका लागि त्यसवेला सम्झौता भएको थियो । रेलमार्ग निर्माणका लागि आवश्यक सात अर्ब रुपैयाँ भारतले अनुदान दिने सम्झौता भएको खबर आजको नयाँ पत्रिकामा खबर छ।
त्यसपछि २०१४ देखि भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो । जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म दुई वर्षअघि अर्थात् २०१८ देखि रेल सञ्चालन गर्ने लक्ष्य थियो । तर, पहिले निर्माणमा ढिलाइ भयो, पछि रेल गाडी खरिदमा । त्यसैले निर्धारित समयभन्दा दुई वर्षपछि रेल आएको हो ।
प्रतिक्रिया