काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान ट्विटरमा उनले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन्।
महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।
भ्रष्टाचार रोक्न जनलोकपाल र अदालतको पुनर्संरचना गर्नुपर्ने डा भट्टराईको ट्विटमा उल्लेछ छ।
संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिंदै सबैले संविधानदिवस सगर्व मनाउन यसो गरौं:१.महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था;२.पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना;३.प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद;४.भ्रष्टाचार रोक्न जनलोकपाल;५.अदालतको पुनर्संरचना!
— Baburam Bhattarai (@brb1954) September 19, 2020
प्रतिक्रिया