+
Search

ताजा अपडेट +

पपुलर +

सुशान्त मृत्यु प्रकरण : दीपिका पादुकोण पनि मुछिइन्

4KNationalDaily
२०७७ आश्विन ६, मंगलवार ०७:१३ बजे

काठमाडौं- बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरण अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले ३ वर्षअघि गरेको कुराकानी उधृत गर्दै दीपिका पादुकोण पनि लागुऔषधमा संलग्न भएको दाबी गरिएकाे हाे।

दैनिक भास्करका अनुसार घटना अनुसन्धान गरिरहेको एनसीबीले यो घटनामा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको हो।

स्रोतका अनुसार यो मुद्दामा आफ्नो नाम मुछिएपछि दीपिका कानुनी परामर्श गर्ने तयारी गरेकी छन्। एनसीबी टोलीले भने दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्ने सम्भावना छ।

सुशान्त मृत्यु प्रकरणमा एनसीबी टोलीले कहाँ-कहाँ ड्रक्स कनेक्सन थियो भनेर गम्भीर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily