+
Search

ताजा अपडेट +

पपुलर +

‘लाइसेन्स हरायो? सिफारिस बनाउनकै लागि अब ट्राफिक कार्यालय धाउनु पर्दैन’

4KNationalDaily
२०७७ आश्विन ६, मंगलवार ०७:२२ बजे

काठमाडौं- हराएको सवारी चालक अनुमति पत्र (लाईसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको ट्राफिक महाशाखाले दाबी गरेको छ।

घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले ती सिफारिस बनाउन सक्ने प्रहरी कार्यालले बताएको छ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई सहज र सरल बनाउन तथा कोभिड-१९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा सोमबारबाट यस्तो व्यवस्थाको शुरुवात महाशाखाले गरेको छ।

महाशाखाका प्रमुख एसएसपी भीम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए।

उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारी समेत दिए।

यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए।

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइटमा मा गएर फर्म भर्नुपर्ने हुन्छ।

वेबसाइट खोलेपछि दायाँतर्फ ‘लस्ट डकुमेन्टस एप्लिकेसन’मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने बताइएको छ।

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो त्यो सेलेक्ट गर्नुपर्नेछ।

त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ।

माग भएअनुसार सबै विवरण पेसवा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ। सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन्। यसको लागि सेवाग्राहीले

उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पूरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन्। उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily