+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन, एकताका काम गर्न १० दिनको समय

4KNationalDaily
२०७७ आश्विन ६, मंगलवार १५:४१ बजे

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

बैठकमा १० दिनभित्र बाँकी काम पूरा गर्ने गरी अध्यक्षद्वय ओली-प्रचण्ड र महासचिव पौडेलले ठोस प्रस्ताव सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकको दोस्रो दिन संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल भएको छ।

बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेन्डाका रुपमा रहेको संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए।

मन्त्रिपरिषद् पुनर्गठनबारे पत्रकारले सोधेको प्रश्नमा उनले आजको बैठकमा यसबारे छलफल नभएको बताए। ‘मन्त्रिपरिषद् पुनर्गठनका बारेमा अस्ति भएको बाहेक थप छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भने।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल आइतबारै भइसकेको छ। १० दिनभित्र बाँकी काम पुरा गर्नेगरी अध्यक्षद्वय ओली प्रचण्ड र महासचिव पौडेलले खाका ल्याउने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily