काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुने भएको छ।
राप्रपाको मंगलबार बसेको केन्द्रीय समितिको मंगलबार बसेको बैठकले एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय पनि गरेको हो।
बैठकले राप्रपाको विधानलाई अन्तरिम विधान मानी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कमल थापाले ट्विट गरेका छन् ।
त्यस्तै, चुनावचिन्ह ‘हलो’ हुने, रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको झण्डा हुने पनि निर्णय गरिएको छ।
‘राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने क्रममा यो निर्णय कोसेढुंगा हुनेछ,’ थापाले ट्विटमा लेखेका छन्।
गत फागुन २४ गते राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर भएको थियो। सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो। तर चुनाव चिह्न के हुने भन्ने विषयमा पूर्व दुई पार्टीबीच सहमति नजुट्दा एकताले पूर्णता पाउन सकेको थिएन।
एकताअघि थापा नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई थियो। त्यस्तै राणा-लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिह्न हलो थियो।
राप्रपा केन्द्रीय समितिको बैठकले
-राप्रपाको विधानलाई अन्तरीम विधान मानी पार्टी दर्ता गर्ने
– चुनावचिन्ह ‘हलो’ हुने
-रातो,पॅहेलो र निलो रंगको बिचमा ‘गाई’ रहेको झण्डा हुने
-एकता महाधिवेशन २०७८ बैशाख २५-२८गते गर्ने
निर्णय गरेको छ।
यो निर्णय राप्रपाको ईतिहासमा कोसेढुंगाको रूपमा रहनेछ pic.twitter.com/H0exvH7hxD— Kamal Thapa (@KTnepal) September 22, 2020
प्रतिक्रिया