गोरखा- ‘किलर माउन्टेन’को नामले परिचीत ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोलीले अनुमति पाएको छ ।
टोलीले अनुमती लिनका लागि आज १९ लाख रुपैयाँ रोयल्टी बुझाएको हो । मनास्लु हिमाल आरोहणको लागि १८ जनाको समूहलाई आज पर्यटन विभागले अनुमति दिएको छ ।
१८ जनाको समूहलाई एकै पटक अनुमती दिन नमिल्ने भए पछि २ समूहमा बिभाजन गरेर अनुमति प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुबाट १६ हजार २०० डलर अर्थात् १८ लाख ९७ हजार रुपैयाँभन्दा धेरै रोयल्टी प्राप्त भई सकेको छ ।
नेपाल आएर ७ दिन क्वान्टिीनमा सबेका उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले छ । कोरोना भाइरसको कारण नेपालमा लगाइएको लकडाउनपछि हिमाल आरोहण गर्न आउने यो पहिलो विदेशी टोली हो ।
प्रतिक्रिया