+
Search

ताजा अपडेट +

पपुलर +

दीपिकाको खुलासा : करिश्मासँग ड्रग्स च्याट भएकै हो

4KNationalDaily
२०७७ आश्विन १०, शनिबार १५:२८ बजे

काठमाडाैं- बलिउड नायिका दीपिका पादुकोणमाथि बलिउड ड्रग्स प्रकरणमा एनसीबीले सोधपुछ जारी राखेको छ । हाल दीपिका र उनका म्यानेजर करिश्मा प्रकाशसँगै बसेर उक्त प्रकरणबारे जवाफ दिइरहेका छन् ।

तर, दीपिकाको जवाफमा एनसीबी सन्तुष्ट नभएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । समाचारहरुका अनुसार दीपिकाले ह्वाट्स्एप च्याटमा आफू पनि संलग्न भएको खुलाएकी छिन् । च्याटमा उनले करिश्मासँग ड्रग्सको कुरा गरेकी थिइन् ।

जसले ड्रग्स प्रकरणमा नयाँ मोड लिन सक्ने अनुमान समेत गर्न थालिएको छ । ड्रग्स प्रकरणमा दीपिका लगाएत बलिउडका २५ कलाकारको नाम जोडिएको छ । जसमध्ये धेरै जसोको नाम बाहिर आएको छैन । यस्तै, नाम बाहिरिएका मध्ये रकुल प्रीत सिंहलगाएतका केही कलाकारले आफ्नो बयान दिइसकेका छन् ।

सोधपुछका लागि दीपिका बिहीवार राति गोवाबाट मुम्बई आइपुगेकी थिइन् । उनका साथमा पति तथा अभिनेता रणवीर सिंह समेत मुम्बई आएका छन् ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बाहिरिएको ड्रग्स प्रकरणमा सुशान्तकी प्रेमीका रिया चक्रवर्ती समेत मुछिएकी छन् । रियाबाटै ड्रग्सको विषयमा थप रहस्य बाहिर आएको हो । रिया चक्रवर्ती हाल न्यायीक हिरासतमा रहेकी छन् । एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily