+
Search

ताजा अपडेट +

पपुलर +

दशैंको टिकट बुकिङ कहिले खुल्छ ?

4KNationalDaily
२०७७ आश्विन १०, शनिबार १५:४२ बजे

काठमाडौँ- हरेक वर्ष हिन्दुहरुको ठूलो चाडपर्व दशैं तथा तिहार नजिकिँदै गर्दा लामो तथा मध्यम दूरीको यातायातको टिकट बुकिङको प्रश्न पेचिलो बन्ने गरेको छ । तर, यस वर्ष कोरोनाभाइरसको कारण माहोल अलग बनेको छ ।

कोरोना महामारीकै कारण काठमाडौँका शिक्षणसंस्था, पर्यटन तथा होटल व्यवसाय क्षेत्र प्रभावित भएपछि धेरैले पहिले नै उपत्यका छोडिसकेका छन् । यस हिसावले गर्दा दशैंको मुखम गाउँ फर्कनेहरुको संख्या कम हुने देखिएको छ ।

त्यसैले, यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दशैंको टिकट बुकिङ सुरु गर्ने बताएका छन् ।

धेरै मानिसले काठमाडौँ उपत्यका छोडिसकेको कारण पहिलाका वर्षहरुमा जस्तो चाप नहुने भएको कारणले गर्दा अहिले नै हतार गर्नु नपर्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

यद्यपी, महासंघले दशैंका लागि पूर्ण सिट क्षमतामा बस संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ । आधा क्षमतामा मात्र सवारीसाधन सञ्चालन गर्दा यात्रुको चाप बढ्ने भन्दै महासंघले पूर्ण सिट क्षमतामै बस सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएको छ ।

व्यवसायीहरुले सरकारले हवाई उडानलाई पूर्ण सिट क्षमतामा संचालन गर्न दिएपछि बसलाई रोक्नु न्यायसंगत नभएको जनाएको छ ।

टिकट बुकिङको बारेमा छलफल गर्नको लागि यातायात व्यवस्था विभागले भोलीका लागि बैठक बोलाएको छ । सो बैठकमा बुकिङसँगै कोरोनाबाट सुरक्षित रहन अपनाइने मापदण्डको बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily