+
Search

ताजा अपडेट +

पपुलर +

पन्जाबले २० ओभरमा २२३ रन बनायो, तर पनि राजस्थानले जित्यो

4KNationalDaily
२०७७ आश्विन १२, सोमबार ०९:१८ बजे

काठमाडौं- १३औं संस्करणको इन्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । आइतबार सम्पन्न खेलमा राजस्थानले किङ्स इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो ।

२ सय २४ रनको विशाल लक्ष्य पाएको राजस्थानले ३ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको थियो । राजस्थानकाे जितमा सञ्जु सामसनले ८५, राहुल तेवाटियाले ५३, स्टेभन स्मिथले ५० तथा जोफ्रा आर्चरले रनको पारी खेले ।

१८ बलमा ५१ रन चाँहिएको अवस्थामा पञ्जावका शेल्डोन कोटरेलको ओभरमा तेवाटियाले पाँच छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको राजस्थानले २ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पहिलो विकेटका लागि मयंक अग्रवाल र केएल राहुलले १ सय ८३ रनको साझेदारी गरेपछि विशाल रन बनाएको थियो ।

अग्रवालले ५४ बलमा ७ छक्का र १० चौकाको मद्धतमा १ सय ६ रनको शतकीय पारी खेले । यसैगरी, केएल राहुलले ६९ तथा निकोलास पूरन र ग्लेन म्याक्सवेलले नटआउट २५ र १३ रनको योगदान दिए ।

राजस्थानका अंकित राजपुत र टोम कुरानले एक-एक विकेट लिए । जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक जोडेको दिल्ली क्यापिटल्स रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily