+
Search

ताजा अपडेट +

पपुलर +

नयाँगाउँ-भच्चेक सडककाे सिलामेडाँडामा पहिराे : मर्मतका लागि आजदेखि गाडी नचल्ने

4KNationalDaily
२०७७ आश्विन १३, मंगलवार ०९:०० बजे

गाेरखा- नयाँगाउँ-भच्चेक सडककाे सिलामेडाँडामा पहिराे गएकाे छ । अजिरकाेट गाउँपालिका र सिरानचाेक गाउँपालिकाकाे सिमानामा रहेकाे सिलामेडाँडामा पहिराे गएर सडक भासिएपिछ मर्मतका लागि साे सडकखण्ड बन्द भएकाे हाे ।

पहिरोका कारण साना सवारी साधन पनि जोखिम मोलेर एकतर्फी सञ्चालन गरिरहेकाले यातायात बन्द गरेर मर्मत सुरु गर्न लागिएको हो ।
अजिरकोट र सिरान्चोकको सीमा क्षेत्र सिलामेडाँडामा पहिरोले सडक जोखिममा परेको छ।

गोरखास्थित अनुदान ब्यवस्थापन तथा पूर्वाधार बिकास कार्यालय (जिमाली)का प्रमुख रामशरण आचार्यले केहीदिन सवारी साधन भच्चेकबाट आठ किलोमिटर तल नै रोकिने बताए । ‘अहिले एकतर्फी साना सवारी हिँडेका छन्, तर त्यो पनि जोखिम छ’ उनले भने ‘मर्मत गर्दा एकतर्फ पनि सडक चल्न मिल्दैन ।’

लुईटेल भञ्ज्याङ-नयाँगाऊँ सडक भने यसअघिनै कालोपत्रे भैसकेको छ । भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत करीव ३० किलोमिटर सडकको स्तरोन्तीको काम अघिल्लाे वर्षअघि सकिएको हो । तर, यहि सडकखण्डकाे चित्रेपाेखरी-चिलाउने-थालाजुङ्ग खण्डकाे करिव १ किलाेमिटर पिच हुन बाँकि छ ।

लामा कन्ट्रक्सनका सडक अलपत्र

आर्थिक बर्ष २०७६/७७ मा नै पिच गर्नुपर्ने सडकखण्ड निर्माण कम्पनीको बदमासीका कारण अलपत्र बनेकाे छ। निर्माणको जिम्मा पाएको लामा कन्ट्रक्सनले चिप्लेटीको सामुदायिक वनको जग्गा र केरावारीको माथील्लो भिरर्सिङ जाने सडकखण्डमा अबैध तरिकाले ढुङ्गा निकाल्दा साे सडकखण्ड पिच नभएको हो ।

कन्ट्रक्सनले क्षेत्रअधिकार भन्दा तल-माथी बनकाे जग्गामा अवैध ढुङ्गा निकाल्दै आएको छ । यसमा अनुगमन गर्ने निकायका व्यक्ति नै प्रत्यक्ष संग्लन रहेकाे स्राेत बताउछन् । उनीहरूले त्यहाँबाट अबैध ढ्ङ्गा निकालेर प्रयोग ल्याएको स्थानीयले बताउदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily