+
Search

ताजा अपडेट +

पपुलर +

खुलामञ्चमा भोकालाई खाना खुवाउँदै बाबुराम

4KNationalDaily
२०७७ आश्विन १४, बुधबार १४:२२ बजे

काठमाडौं- कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् ।

बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए ।

हाम्रो टिम नेपालको आयोजना र हाम्रो सानो प्रयास लगायतका संस्थाहरुको आयोजनामा असहायहरुलाई खाना खुवाईएको आयोजकमध्येका एक बद्री ढुंगानाले जानकारी दिए ।

‘उहाँ हामीलाई हौसला दिन आउनुभएको हो, यो काम सरकारले गर्नुपर्ने हो, सरकार मन्त्रिमण्डलको भागबण्डा र आन्तरिक विवादमा व्यस्त छ,’ ढुंगानाले डा. भट्टराईको भनाई उद्धृत गर्दै भने, ‘तपाईंहरुले मानवीय सेवामा समय दिएर धेरै महान काम गर्नुभएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily