+
Search

ताजा अपडेट +

पपुलर +

तीन पटक भावुक भइन् दिपीका‚ एनसिबीले भन्यो- इमोस्नल कार्ड नखेल्नुस्

4KNationalDaily
२०७७ आश्विन १४, बुधबार १६:३८ बजे

काठमाडाैं-  बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याले बलिउडभित्र ठूलै कम्पन ल्याएको छ।

करण जोहरदेखि हाइप्रोफाइल व्यक्तिमाथि ड्रग्सको विषयमा प्रश्न उठ्यो। यो प्रकरणमा सुशान्तकी प्रेमिकाले ड्रग्स प्रयोग गर्ने भन्दै १० जना बलिउडकर्मीको नाम लिएपछि अहिले बलिउडका एकपछि अर्को सेलिब्रेटी बयानमा तानिन थालेका छन्।

लागू औषध कन्ट्रोल ब्युरो (एनसिबी)ले शुक्रबार बलिउडका चर्चित अभिनेत्रीहरु दिपीका पादुकोण, श्रद्धा कपुर र सारा अली खानको बयान लिएको छ।

उनीहरुको बयानमा सन्तुष्ट हुन नसकेपछि एनसिबीले उनीहरुको मोवाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको बलिउड हङ्गामाले उल्लेख गरेको छ। शुक्रबार दिपीका बयानका लागि एनसिबीको गेस्ट हाउन पुगेकी थिइन्।

अभिनेत्री पादुकोण बयान दिने क्रममा तीनपटक भावुक भएकी थिइन्। उनले धेरै प्रश्नहरुमा आफूलाई मौन पनि राखिन्। एनसिबीको पाँच सदस्यको टोलीले उनलाई प्रश्न सोधेको थियो।

उनकी म्यानेजर करिश्मालाई समेत सामुन्ने राखेर एनसिबीले प्रश्न सोधेको थियो। यसरी प्रश्न सोध्ने क्रममा जवाफ नदिने र धेरै भावुक हुन थालेपछि एनसिबीका प्रश्नकर्ताले उनलाई ‘इमोस्नल कार्ड’ नखेल्न अनुरोध गरेको इन्डिया टूडेमा उल्लेख छ।

यसअघि एक ह्वाट्सएप ग्रुपमा उनले लागूऔषध छ भनी सोधेको सार्वजनिक भएको थियो। उक्त ग्रुपको उनी एमडिन रहेकी छन्। बयानमा उनले चुरोट खाने गरेको स्वीकार गरेकी छन् तर लागूऔषध प्रयोग नगर्ने बताएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily