काठमाडौं- नेकपाले पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने भएको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बिहीबार भएको छलफलमा एकताको बाकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन।
बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम सकाउने आज थप समझदारी गरेका हुन।
असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाकी १० सम्पन्न गर्ने कार्ययोजना ल्याउन दुई अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको थियो। तर सो १० दिनमा कार्ययोजना ल्याउन असफल भएका ओली–दाहालले आज नयाँ समझदारी बनाएका हुन।
अब सचिवालय बैठक बसेर त्यस सम्बन्धमा निर्णय गर्ने नेताहरूले बताएका छन।
प्रतिक्रिया