गाेरखा- गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले प्रदेश सरकारको १ बर्षे कार्यकाल सन्तोष जनक रहेको बताएका छन् । नेपालका प्रथम सहिद लखन थापा मगरको शालिक अनावरणका लागि गोरखा आई पुगेका उनले सोचे अनुसार काम गर्न नसके पनि कार्यकाल सन्तोष जनक भएको बताएका हुन् ।
‘ सोचे अनुसारको काम गर्न सकिएन २५ वटा कानून निर्माण सम्पन्न भई सकेको र त्यस मध्ये पनि २१ वटा कानून प्रमाणीकरण भएको र ४ वटा कानून प्रदेश सभामा छलफल चली रहेको छ’, उनले भने ‘यसै आर्थिक बर्षको जेष्ठ मसान्त सम्ममा ८० प्रतिशत पुजीगत अनुदान खर्च गर्न सकिने छ’ ।
प्रदेश सरकार र स्थानिय तह बिच बिकास निर्माण देखीएको समस्याका बिषयमा बोल्दै ‘मन्त्रि गुरुङ्गले ‘यो कुरा प्रदेश सरकार संग मिलेर जान नचाहने, समन्वय र सहकार्य गरेर जान नचाहने साथीहरुले उठाएको’ भन्दै ‘जो प्रदेश सरकार संग समन्वय र सहकार्य गरेर जान चाहदैन उसैलाई नोक्साने हुने र खारेज समेत हुन सक्ने चेतावनी दिए ।’
‘प्रकृतिक श्रोत माथि कुनै एक ब्यक्तिको मात्र स्वार्थ पुरा हुने तथा अनियमित, अब्यवस्थित र अबैधानिक भएकोले जनता र सरकारलाई यसबाट कुनै फाइदा नभएकोले बन्देज लगाइएको हाे’ उनले भने, सबै प्राकृतिक श्रोतलाई कानूनी दायरामा ल्याउने गरी कानून निर्माण भएकोले अब ब्यवस्थित गरि खुल्ला गरिने जानकारी गराए ।
आजै मुख्य मन्त्रि गुरुङ्गले गोरखा सदरमुकामको अस्पताल चोकमा नेपालका प्रथम सहिद लखन थापा मगरको अर्ध कदको शालिकको समेत अनावरण गरेका थिए ।
प्रतिक्रिया