काठमाडाैं- नायिका अदिती वुढाथोकीको चर्चा नेपालमा मात्र नभइ भारतमा समेत छ ।
उनी केहि समयदेखि बलिउडमा संघर्षरत छिन् । भने पछिल्लो समय भने नयाँ नेपाली फिल्ममा देखिने तयारीमा छिन् । तर कोरोनाका कारण फिल्मको काम रोकिएकोपछि फुर्सदिलो बनेकी छन् ।
यसैक्रममा उनी हालै दुबई पुगेकी छिन् । दुबइमा पुगेर उनले नयाँ नयाँ तस्वीर शेयर गरेकी छन् । जहाँ उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको दिएको इन्स्टाग्राममा लेखेकी छन् ।
सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालमा निकै सक्रिय छन् उनी । उनले दैनिक जसो सामाजिक संजालमा तस्बिर शेयर गरिरन्छिन् ।
अदितीको चलचित्र करिअर न कलिउड न बलिउड भएको छ तैपनि उनी बलिउडमा उनी निकै संघर्षरत छिन् ।
प्रतिक्रिया