+
Search

ताजा अपडेट +

पपुलर +

झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी

4KNationalDaily
२०७७ आश्विन २७, मंगलवार १७:११ बजे

काठमाडाैं- ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् ।

आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ ।

रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी छिन् ।

डिम्पलले मिडियासँग कुरा गर्दै जुन १३ मा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् ।

तर, सीबीआइको छानविनका क्रममा रिया र सुशान्तवि जुन १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । नायक राजपुतले जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily