+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजीबिरुद्ध पनि रिट

4KNationalDaily
२०७७ कार्तिक २, आईतवार ०९:२४ बजे

काठमाडाैं- नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम बिरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै बखत नेकपा प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठ बिरुद्धको रिटसमेत दर्ता गर्न लगिएको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामा सांसद र मन्त्री हुन नपाइने जिकीर लिँदै गौतम र श्रेष्ठबिरुद्ध अदालतको ढोका ढक्ढकाइएको हो ।

गौतमबिरुद्धको मुद्दा संवैधानिक इजलासले हेरिरहेको छ ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीश कोरोना सङ्क्रमणको कारण क्वारेण्टिन र आइसोलेसनमा बसेपछि उक्त मुद्दाको पेशी एकै चोटी कात्तिक अन्तिम सातालाई सरेको छ ।

गौतमको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूको लिखित जवाफ भोलि ? अदालतमा पेश हुने बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily