काठमाडौँ- चौतर्फी आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सांसदहरु दसैँ भत्ता वापतको रकम फिर्ता गर्ने भएका छन् । नेकपाले सस्थागत निर्णय गरेर भत्ता वापतको रकम फिर्ता गर्न लागेको हो।
कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेर चाँडै निर्णय गर्ने तयारी गरेको छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले पार्टी नेतृत्वसँग यसबारे छलफल भइरहेको भन्दै संसदीय दलले यसबारे चाँडै निर्णय गर्ने जानकारी दिए । उनले दसैँ भत्ता फिर्ता गर्ने विषयमा शीर्ष नेताहरुसँग छलफल भइरहेको भन्दै चाँडै टुंगोमा पुुग्ने पनि बताए ।
आलोचना बढेपछि कतिपय सांसदहरुले व्यक्तिगत रुपमै भत्ता फिर्ता गरेको घोषणा यसअघिनै गरिसकेका छन् ।
प्रतिक्रिया