एजेन्सी- यौन सम्बन्ध बनाउने कुनै निश्चित समय त हुँदैन तर पनि एक अध्ययनले बिहानको समयमा सेक्स राख्दा स्वास्थमा फाईदा पुुग्ने निश्कर्ष निकालेको छ ।
अध्ययनमा बिहानको समय सेक्स गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति उल्लेख गरिएको छ ।
आयुर्वेदका अनुसार सेक्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने सेक्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् ।
तर दिनभरको थकान र कामको शेड्यूलपछि राति सेक्सको बारेमा सोच्नु समस्या नै हुन सक्छ । त्यस कारण रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ ।
युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार सेक्सको क्रममा अक्सिटसिन हार्मोन निस्कन्छ ।
जसले तपाईंको मूडलाई राम्रो बनाउने काम गर्छ । अक्सिटसिन पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ ।
एक्सर्साइज गर्नमा यदि तपाईंलाई अल्छी लाग्छ भने मर्निंग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सकिन्छ । रिपोर्ट्सका अनुसार सेक्स गर्दा एक घन्टामा ३ सय क्यालोरी नष्ट हुन्छ ।
प्रतिक्रिया