+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकी १९ वर्षीय किशोरीसहित थप २ को कोरोना संक्रमणबाट निधन

4KNationalDaily
२०७७ कार्तिक १२, बुधबार १८:५१ बजे

पोखरा– गण्डकी प्रदेशमा थप २ को कोरोना संक्रमणबाट निधन भएको छ । गोरखा र नवलपुरका दुई संक्रमितको उपचारको क्रममा चितवनमा निधन भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने गोरखा बारपाक सुलिकोट १ की १९ वर्षीय किशोरी हुन् । संक्रमितको उपचारको क्रममा ११ गते दिउँसो ३ बजेर ४५ मिनेट जादा भरतपुर अस्पताल, चितवनको आईसियुमा निधन भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउने नवलपुर गैंडाकोट–२ का ५४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

११ गते साझँ ५ः२६ चितवन मेडिकल कलेज, चितवनको आईसियु मा उपचारका क्रममा उनको निधन भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily