काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ।
यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख १९ हजार ६४ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया