+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा थपिए १६१५ कोरोना संक्रमित

4KNationalDaily
२०७७ कार्तिक १३, बिहीबार १६:४९ बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिएका छन्।

बिहीबार देशभर थपिएका २ हजार ३ सय ६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाखख १९ हजार ६४ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily