काठमाडौं- बलिउडकी गायिका नेहा कक्कर यतिबेला विवाहलाई लिएर चर्चामा रहेकी छन्। नेहाले आफ्ना प्रेमी गायक रोहनप्रित सिंहसँग २३ अक्टोबरका दिन विवाह गरेकी हुन्।
नेहाले विवाहका फोटाहरु सामाजिक सञ्जालमा सेयर गर्दै आइरहेकी छिन्। उनले केही नयाँ तस्बिर पनि सेयर गरेकी छन्। यी नयाँ ७ तस्बिरमा उनी विवाहको रातो कपडामा सजिएकी छन्। रोहनप्रतिले मंगलसुत्र लगाइदिएदेखि सिन्दुर भरेकासम्म फोटाहरु पनि उनले सेयर गरेकी छन्।
यी तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘तिमीलाई मेरो दिलको अवस्था थाहा छ। तपाईंको नयाँ संसारको सबैभन्दा खुसी दुलही हुँ, यो सब तपाइँको कारणले हो, मिस्टर सिंह। भगवानलाई धन्यवाद। धन्यबाद तपाईलाई पनि रोहनप्रित सिंह।’
प्रतिक्रिया