+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठबीच ६ महिनायता व्यक्तिगत भेटघाट बन्द

4KNationalDaily
२०७७ कार्तिक १४, शुक्रबार १८:४० बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच व्यक्तिगत भेटघाट नभएको ६ महिना बितेको छ।

गत वैशाख २० गतेको सचिवालय बैठक सम्पन्न भएको एक हप्तापछि अध्यक्ष ओली र प्रवक्ता श्रेष्ठबीच व्यक्तिगत भेटघाट भए पनि त्यसपछि एकपटक पनि भेटघाट नभएको ६ महिना बितेको हो।

प्रधानमन्त्री ओलीले व्यक्तिगत भेटघाटका लागि नबोलाएकाले वैशाख २० गतेयता भेटघाट हुन नसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

‘वैशाख २० को सचिवालय बैठकपछिका एक हप्ताका बीचमा केपी कमरेड र मेरो व्यक्तिगत भेटघाट भएको थियो, त्यसपछि आजसम्म हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘पार्टी अध्यक्ष र प्रवक्ताका बीचमा त खासमा दिनदिनै भेटघाट हुनुपर्ने हो, तर त्यो हुन अझै सकेको छैन।’

अध्यक्ष ओलीलाई आवश्यक सहयोग, सल्लाह र राय नचाहिएकाले पनि भेटघाटका लागि निम्तो नआएको हुनसक्ने श्रेष्ठको अनुमान छ।

वैशाख २० को सचिवालय बैठक सम्पन्न भएपछि प्रधानमन्त्री ओलीलाई आफूले सरकार सञ्चालनका बारेमा कम्तीमा सचिवालयमा छलफल गर्न सुझाव दिएको श्रेष्ठ स्मरण गर्छन्।

 देखापढीबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily