+
Search

ताजा अपडेट +

पपुलर +

यी हुन् प्रधानमन्त्री ओली र ‘रअ‘ प्रमुख गोयलबीच भएका ‘गोप्य ५ सहमति’ !

4KNationalDaily
२०७७ कार्तिक १५, शनिबार ०८:४१ बजे

काठमाडौं- भारतीय खुफिया एजेन्सी रिसर्ज एण्ड एनलाईसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयल कात्तिक ५ गते दिउँसो काठमाडौं स्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

गोप्य रुपमा नेपाल प्रवेश गरेका गोयललाई प्रधानमन्त्री माताहात रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले विमान नजिकै पुगेर स्वागत गरेका थिए। गोयलको नेपाल गोप्य आगमन किन ? भन्ने विषयले नेपाली राजनीतिबृत्तमा बढि चासोको विषय बन्यो।

गोयलले प्रधानमन्त्री केपी ओलीसँग मध्यराती ९ बजेदेखि साढे १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका थिए। बालुवाटारबाट बाहिरिएका गोयल भारतीय दूतावासका कर्मचारी अवजित हल्दारको विशालनगरस्थित निवासमा छिरेर बा ००१ च ०२०९ नम्बरको सवारीमा चुच्चेपाटीमा रहेको होटल हायातमा बास बसेका थिए।

५ गते आएर सोही दिन फर्कने योजना बनाए पनि भेटघाट लम्बिएकाले उनी ६ गते विहान १० बजे सिधै बंगलादेश गएको विषेश श्रोतले समाचार दैनिकलाई बतायो।

गोयलको आगमन बारे ५ गते साँझबाटै चर्चा सुरु भएपनि सरकारले भने उनलाई कसले र किन बोलाएको हो भन्ने कुराको कुनै जानकारी गराएको थिएन। प्रधानमन्त्री ओलीसँग भेट गरेको १२ घण्टापछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले फेसबुक पेज मार्फत् प्रेस नोट जारी गरेका थिए ।

६ गते मध्यान्न १ः०० बजेको हाराहिरिमा जारी भएको नोटमा भनिएको छ– ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।

उहाँहरुको भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।‘ ‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो।’

उनको नोटमा गुप्तचर प्रमुख गोयललाई कसले बोलाएको हो ? भन्ने सन्दर्भ भने खुलाईएको छैन। प्रधानमन्त्री ओलीसँग गोयलले कुन हैसियतमा भेटघाट गरे प्रष्टाइएको छैन। गोयलले अघिल्लो दिन साँझ नै पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवालाई पनि भेटेको चर्चा चलिसकेको थियो । तर प्रचण्ड र नेपालको सचिवालयले यसको तत्कालै खण्डन गर्यो।

बरु उनीहरु बालुवाटारबाटै गुप्तचरसँग भेटेको हल्ला फैलाएको आशंका व्यक्त गरे। उच्च श्रोतका अनुसार गोयलले प्रधानमन्त्री ओलीका अलवा भारतका नजिकका सहयोगी भनेर चिनिएका केही राजनीतिक र केही पूर्व राजा नकिका अराजनीतिक व्यक्ति भेटेपनि उच्च तहका राजनीतिक दलका नेतासँग भेट गरेको कुनै आधिकारिकता देखिएन।

प्रधानमन्त्रीसँगको भेटमा गोयल भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो, भन्ने कुरा सल्लाहाकार थापाले उल्लेख गरेका छन्।

के हुन् त समझदारी भएको भनिएका ५ विषयहरु ?

भारतीय सीमा क्षेत्रका चिनियाँ परियोजना अघि नबढाउनेः गोयल र प्रधानमन्त्री ओलीका बीचको अर्को समझदारी भनेको चिनियाँ परियोजना अघि नबढाउने रहेको छ। श्रोत भन्छ, अहिले पनि चिनियाँ लगानिका तर भारतीय सीमा क्षेत्रका परियोजनाहरु लगभग ठप्प छन् । यस्ता कामले नेपालीहरुमा भारतप्रति वितृष्णा बढ्ने र चीनप्रति नेपालीहरु सकारात्मक हुने देखेकाले गोयलले यो विषयपनि प्रधानमन्त्री समक्ष राखेका थिए।

बेल्ट एण्ड रोड लगायत चिनियाँ राष्ट्रपति नेपालमा आएका बेला भएका परियोजना कार्यान्वयन नगर्ने

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले त्यतिबेला सांकेतिक रुपमा भनेका थिए, नेपालले कुरा गर्छ काम गर्दैन, अबका दिनमा भएका सहमति कार्यान्वयन गरोस् ।

तर, दुई पक्षीय भेटमा सी भ्रमणताका भएका सहमति कार्यान्वयन रोक्ने र बेल्ट एण्ड रोड ईनिसियटिभसँग सम्बन्धित परियोजना कार्यान्वयन नगर्ने कुरा भयो। गोयल आउनु पहिले देखिनै बेल्ट एण्ड रोडका कार्यक्रमहरु नेपालमा कार्यान्वयन भएका छैनन्। चीनको ड्रिम प्रोजेक्टमा नेपाल औपचारिक रुपमा सहभागि भएपनि भारतले भने त्यसको विरोध गर्दै सहभागि हुन अस्वीकार गरिरहेको छ।

भारतको सुरक्षा चासोलाई नेपालले सहयोग गर्ने

गोयल र प्रधानमन्त्री ओलीबीचको अर्को समझदारीको विषय भनेको भारतको सुरक्षा चासोलाई सम्बोधन गर्ने विषय छ। नेपाल भारतका बीच हुने हरेकजसो बैठकहरुमा भारतले यो विषय प्राथामिकताका साथ उठाउदै आएको छ।

तर नेपालले भारतको सुरक्षा चासो भन्दा पनि नेपाली राष्ट्रिय हित र अखण्डताको विषयलाई प्राथामिकता दिनु पर्दछ। अन्तराष्ट्रिय फोरमहरुमा नेपालले भारतले उठाएका यस्तो चासोका विषयमा समर्थन गर्ने कुरा पनि सो भेटमा उठेको उच्च श्रोतले बताएको छ।

ओली सरकार ढाल्न भारत नलाग्ने

दुई पक्ष बीचमा भएको अर्को सहमति भनेको प्रधानमन्त्री केपी ओली नेतृत्व सरकार निरन्तरताको विषय हो । गुप्तचर प्रमुख गोयलले द्वारिका होटलमा आयोजित भेटवार्तामा नेपाली काँग्रेसका केही नेतासँग आफूहरुले विगतमा नेकपाका अध्यक्ष प्रचण्डलाई ओली सरकार विरुद्ध लाग्न सहयोग गरेपनि प्रचण्डले साथ नदिएको बताएका थिए ।

नेपालको शान्ति प्रकृयामा समेत भूमिका खेलेका ती नेतालाई गोयलले प्रचण्डले किन हाम्रो कुरा मानेनन् भन्ने जिज्ञासा समेत राखेको श्रोत बताउँछ। त्यसपछि भारतीय पक्ष अब, प्रधानमन्त्री ओलीसँगै सहमति गर्ने र उनको सरकार टिकाउने योजनामा पुगेको हो। बरु भारतीय पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको सहकार्यमा प्रधानमन्त्री ओलीलाई जोड दिएका थिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily