+
Search

ताजा अपडेट +

पपुलर +

काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह, पहिलो तस्बिर बाहिरियो

4KNationalDaily
२०७७ कार्तिक १५, शनिबार ०९:४७ बजे

काठमाडौं-अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरिन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।

सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ ।

उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् । शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् ।

यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily