+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टायता थप २८२४ जनामा कोरोना संक्रमण‚ १ लाख ७३ हजार ५६७ पुगे संक्रमित

4KNationalDaily
२०७७ कार्तिक १६, आईतवार १६:४३ बजे

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily