+
Search

ताजा अपडेट +

पपुलर +

थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ सय ६० पुग्याे

4KNationalDaily
२०७७ कार्तिक १६, आईतवार १६:४७ बजे

काठमाडौं- नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६१ जना सक्रिय संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily