+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले किन्तुपरन्तु नगरी निःशुल्क परीक्षण र उपचार गर्नैपर्छ : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ कार्तिक १६, आईतवार १९:१८ बजे

काठमाडौं– पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले कोरोनाको निशुल्क परीक्षण र उपचार गर्नैपर्ने बताएका छन्। आइतबार एक ट्विट गर्दै नेता भट्टराईले यस्तो माग समेत गरेका हुन्।

परीक्षणको ३० प्रतिशतसम्ममा संक्रमण भेटिएको भन्दै स्थिति भयावह बन्दै गएको समेत उनको भनाइ छ। यस्तो बेला किन्तुपरन्तु नगरी तत्काल निशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न उनको माग छ।

‘कोरोना संक्रमणदर परीक्षणको २५-३० प्रतिशत हुनु भनेको विश्वमै अत्यन्त भयावह अवस्था हो। यस्तो बेला राज्यले कुनै किन्तुपरन्तु नगरी नागरिकलाई निशुल्क परीक्षण/उपचारको व्यवस्था गर्नैपर्छ,’ उनको ट्विटमा लेखिएको छ, ‘मौकामा हिरा फोर्ने भनेको यस्तै वेला हो।सक्नेले स्वेच्छिक ढंगले तिरौं(जुन हामीले गरिरहेछौं)तर नीति निशुल्क होस!’

परीक्षणको दायरा बढाउनु पर्ने बेला सरकारले उपचार र परीक्षणमा शुल्क अशुल्ने नीति लिएको छ। सरकारले परीक्षण कम गर्दै जाने नीति लिएको भन्दै व्यापक आलोचना समेत हुन थालेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily