+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिले वामदेवलाई भनिन्- पार्टी फुटबाट जोगाउन भूमिका खेल्नुस्

4KNationalDaily
२०७७ कार्तिक १८, मंगलवार १९:५४ बजे

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेकी छन्। मंगलबार दिउसो साढे ४ बजेतिर राष्ट्रपति निवास बोलाएर राष्ट्रपति भण्डारीले एकता जोगाउनुपर्ने बताएकी हुन्।

राष्ट्रपति र गौतमबीच आधा घण्टाजति मात्रै छलफल चलेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए। ‘मलाई पार्टीभित्रको विषयमा राष्ट्रपतिज्यूले जिज्ञासा राख्नुभयो। पार्टीमा विकसित घटनाक्रमको विषयमा जानकारी गराएँ।’ गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘तपाईंले यसअघि पनि पार्टी एकताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभयो। यस पटक तपाईंको खाँचो छ, एकता जसरी पनि जोगाउनुपर्‍यो।’

जवाफमा गौतमले पार्टी एकता टुट्न नदिने वचन दिएको सहयोगी सुवेदीले बताए। ‘मैले पार्टी एकताकै पक्षमा हिजो पनि भूमिका खेलेँ आज पनि खेल्छु‚’ गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘फेरि पार्टीमा विवाद उत्पन्न भएको छ, त्यसमा कुनै पनि हालतमा पार्टी विभाजन गर्ने शक्तिलाई परास्त गर्नेछु।’

पार्टीभित्र विवाद उत्पन्न भएपछि राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाएर छलफल गर्न थालेकी छन्। पार्टीमा जब विवाद बढ्दै जान्छ त्यसपछि राष्ट्रपति सक्रिय हुँदै आएकी छन्। पार्टीभित्रको विवादमा राष्ट्रपति सक्रिय भएको भन्दै बारम्बार आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily